
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अध्यक्षमा कमल थापा र प्रदिप विक्रम राणाले उम्मेद्वारी दिएका छन् । थापाको प्रस्तावमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द र समर्थकमा पशुपतिशम्शेर राणा रहेका छन् ।
यस्तै प्रदिप विक्रम राणाको प्रस्तावकमा उमेश ध्वज कुँवर र समर्थकमा शंकर बोहरा रहेका छन् ।
कमल थापाविरुद्ध उम्मेद्वारीको घोषणा गरेका डा. प्रकाशचन्द्र लोहनी भने अन्तिम समयमा पछि हटेका छन् । थापालाई अध्यक्ष बनाउने सहमति भएको केही समयमै लोहनीले उम्मेद्वारी दिने घोषणा गरेका थिए ।
उम्मेद्वारीबार दावी, बिरोधलगायतका प्रक्रिया टुंग्याएपछि भोलि निर्वाचन हुने आयोजक समितिले जनाएको छ ।
महाधिवेशनले अध्यक्षसहित नयाँ केन्द्रीय समिति चुन्ने छ । संशोधित विधानअनुसार महाधिवेशनले अध्यक्षसहित १ सय ६१ सदस्यीय कार्यसमिति चुन्ने छ ।
महाधिवेशनले अध्यक्ष कमल थापाले पेश गरेको राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पेश गरेको आर्थिक प्रतिवेदन र बुद्धिमान तामाङले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्