Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


म्यान्चेस्टर युनाईटेड र टोटनह्याम एफए कपको क्वाटरफाईनलमा


0
Shares

आइतबार राती भएको खेलमा ब्ल्याकबर्न रोभर्सलाई २-१ ले हराउँदै म्यान्चेस्टर युनाईटेड क्वाटरफाइनलमा पुगेको हो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्ड र ज्लातन ईब्राहिमोभिचले १-१ गोल गरे ।

ब्ल्याकबर्नका ड्यानी ग्राहमले एक गोल गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडले अर्को दावेदार टोली चेल्सीसँग क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

एफए कप अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई ३-० ले हरायो ।

खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले ह्याट्रिक गरेका थिए । टोटनह्यामले अब क्वाटरफाइनलमा मिलवालसँग खेल्नेछ ।