मेरो पुरै जीवन खुकुरीको धार र आगोको रापमा खेलेरै बितेको छ : प्रधानमन्त्री (भिडियोसहित) • Image Khabar Image Khabar


मेरो पुरै जीवन खुकुरीको धार र आगोको रापमा खेलेरै बितेको छ : प्रधानमन्त्री (भिडियोसहित)


Imagekhabar
९ फाल्गुन २०७३, सोमबार १५:३०

मेरो पुरै जीवन खुकुरीको धार र आगोको रापमा खेलेरै बितेको छ : प्रधानमन्त्री (भिडियोसहित)

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १३औं महाधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्वाचनको विकल्प नभएकाले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताए ।

राजनीतिक परिवर्तन संस्थागत गर्न र संविधान कार्यान्वयनका लागि पनि निर्वाचन आवश्यक रहेकाले एकै चरणमा स्थानीय तहको निर्वाचन गरिने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले सरकारले परिर्वतनकारीको शीर झुक्न नदिने भन्दै जस्तोसुकै चुनौती सामना गर्न पनि सरकार तयार रहेको बताए ।

आफ्नो जीवन आगोको राप र खुकुरीको धारमा गुज्रिएको भन्दै प्रधानमन्त्री दाहालले जस्तोसुकै चुनौतीको पनि सामना गर्ने दृढता व्यक्त गरे ।

मधेस, पहाड र हिमाललाई जुटाएर निर्वाचन गर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले निर्वाचन हुन नदिने र धमिलो पानीमा माछा मार्नेहरुको सपना पूरा हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल राष्ट्रको स्वाधीनता प्राणभन्दा प्यारो रहेको भन्दै उनले मुलुकमा आँच आउने गरी कसैसँग सम्झौता नगरिने प्रस्ट पारे ।

प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताए ।

उनले संविधान कार्यान्वयन र मुलुकलाई निकास दिन पनि संविधान संशोधन प्रक्रिया रोक्न आवश्यक नरहेको बताए ।

मंसिरभित्र प्रदेश र केन्द्रको निर्वाचन गर्ने गरी सरकारले तयारी थालेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचन सफल पार्न सबै दललाई एकजुट हुन आह्वान गरे ।

कार्यक्रममा नेपाली कांग्रेस र एमालेका शिक्षा विभाग प्रमुख चन्द्र भण्डारी र गंगालाल तुलाधरले गुणस्तरीय शिक्षाका लागि शिक्षा ऐन र नियमावलीमा परिमार्जन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिमा निर्वाह गरेको भन्दै राजेश खड्का, भोजबहादुर शाह, उमेश श्रेष्ठ, बसन्तबहादुर श्रेष्ठ, डा. बाबुराम पोखरेललगायतलाई सम्मान गरिएको थियो ।

महाधिवेशनले प्याब्सनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्