हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन २ लाख ४३ हजार डलरमा बिक्यो • Image Khabar Image Khabar


हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन २ लाख ४३ हजार डलरमा बिक्यो


Imagekhabar
९ फाल्गुन २०७३, सोमबार १६:०८

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन २ लाख ४३ हजार डलरमा बिक्यो

म्यारिल्यान्डको चिसापिकमा भएको लिलाम बढाबढमा २ लाख ४३ हजार डलरमा फोन बिक्री भएको थियो । लिलाम बढाबढमा १ लाख डलरबाट बोलकबोल सुरु भएको थियो ।

हिलटरको फोन किन्नेको पहिचान भने खुलाइएको छैन । रातो रंङको उक्त टेलिफोनमा नाजी नेता हिटलरको नाम लेखिएको छ ।

हिटलरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको टेलिफोन २ लाख ४३ हजार डलरमा बिक्यो

बर्लिनको बंकरमा सन् १९४५ मा उक्त टेलिफोन फेलापरेको थियो । जर्मनीले आत्मसमर्पण गरेपछि तत्कालीन सोभियत सेनाले यसलाई बेलायती अधिकृत सर राल्फ रायरनलाई सम्झनाकोरुपमा दिएका थिए ।

लिलामीगृहका प्रमुख विल पानागोपुलोसले हिटलरले प्रयोग गरेको फोन आमविनाशको हतियार बनेको बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्