१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


माइक्रोबस पल्टियो, १६ जना घाइते, चालक फरार


0
Shares

घाइते हुनेहरुमा सुनसरी सोनापुर–२ का वीरेन्द्र साह, उनकी पत्नी मधुदेवी साह, सुनसरी, रामनगर भुटाहा–७ का मोहमद नजिव, र मोहमद सुभान मियाँ, मोरङ, केराबारी–२ का फणीन्द्र रोक्का, मोरङ, रंगेली नगरपालिका–५ का रमेशकुमार साहलगायत १६ जना रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

गम्भीर घाइतेलाई विराटनगरस्थित न्युरो अस्पताल र सामान्य घाइतेलाई सप्तरीको रुपनगरस्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा३ख ८२८७ नम्बरको हाइस माइक्रोबस आफैं अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

माइक्रोबसका चालक फरार रहेको र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । रासस