दृष्यः खिम्ती–ढल्केबर प्रसारणलाइन । फाइल फोटो ।
भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानकोे अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताए ।
भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईओटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ ।
यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताए ।
रक्सौल–परवानीपुर प्रसारणलाइन चालु भएपछि विद्युत्भार कटौतीको भार खेपिरहेका वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत्भार कटौती नहुने प्राविधिकहरुको भनाइ छ ।
भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ ।
नेपाल–भारत दुबै देशबीच विगतमा भएको विद्युत् सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत् प्रसारणलाइनमा उत्पादित विद्युत् वीरगन्ज क्षेत्रका लागिमात्र नभइ केन्द्रीय प्रसारणलाइनमा जोडी अन्यत्रसमेत उपयोग गरिने आयोजनाले जनाएको छ । रासस









प्रतिक्रिया दिनुहोस्