अवरुद्ध बीपी राजमार्ग सहायक मार्गलाई मर्मत गरी १९ घन्टापछि खुलाइयो • Image Khabar Image Khabar


अवरुद्ध बीपी राजमार्ग सहायक मार्गलाई मर्मत गरी १९ घन्टापछि खुलाइयो


Imagekhabar
९ फाल्गुन २०७३, सोमबार १९:१६

अवरुद्ध बीपी राजमार्ग सहायक मार्गलाई मर्मत गरी १९ घन्टापछि खुलाइयो

राजमार्ग निर्माणकाबेला सन्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाटमात्र सवारी सन्चालनमा ल्याइएको हो ।

आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा–सिन्धुली–बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिए ।

बीचबाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ ।

अवरुद्ध बीपी राजमार्ग सहायक मार्गलाई मर्मत गरी १९ घन्टापछि खुलाइयो

राति सवारी सन्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनैपनि सवारी–साधन सन्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले जानकारी दिए ।

साँघुरो वैकल्पिक सडकबाट सवारी सन्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाटमात्र सवारी सन्चालन गरिनेछ ।

साँझ परेपछि दैनिक राजमार्ग बन्द रहने र बिहान ६ बजेदेखिमात्र सवारी सन्चालन गरिने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्