व्यापार संघद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग • Image Khabar Image Khabar


व्यापार संघद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग


Imagekhabar
१० फाल्गुन २०७३, मंगलवार ०७:४३

व्यापार संघद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग

यहि असार २१ गते सिन्धुपाल्चोकको तातोपानीमा बाढीले क्षति पुर्‍याएको थामीगाँउ प्राथमिक विद्यालय र भैरबकुण्ड प्राथमिक विद्यालयलाई रु एक लाख ४० हजार आर्थिक सहयोग गरेको हो ।

संघका अध्यक्ष कुमार कार्कीले थामीगाँउ विद्यालयलाई रु ९० हजार र भैरबकुण्ड प्राथमिक विद्यालयलाई रु ५० हजार हस्तान्तरण गरेका हुन् ।

उनले बाढीले प्रभाव पारेको विद्यालयका विद्यार्थीले सहज शिक्षा पाउन भन्ने उदेश्यका साथ व्यापारीहरु मिलेर उठाएको रकम शिक्षा क्षेत्रमा सहयोग गरेको बताए ।

संघले यसअघि रामेछापको बाम्ती गाविस र काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई त्रिपाल र खाद्यान्न वितरण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्