२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


सेयर बजार सामान्य अंकले ऋणात्मक


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से ७ अंक बढीले ऋणात्मक रहेर १३ सय ५७ कायम भएर थामियो । कारोबार भएकामध्ये बढीजसो समूह ओरालो लागेसँगै नेप्से ओर्लिएको हो ।

बीमा, जलविद्युत्, वित्त, वाणिज्य बैंक र अन्य समूह ऋणात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ३८ कम्पनीको कमी आयो । जलविद्युत् समूह १० अंकले झर्‍यो भने अरु सामान्य अंकले ऋणात्मक रहेका हुन् । होटल, विकास बैंक र उत्पादनमूलक समूह भने सकारात्मक रहे । होटल समूह १४ अंकले उकालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ११ लाख बराबर कित्ता सेयर ६० लाख ४४ हजार रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।