२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी फागुन १२ देखि


0
Shares

समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदर्शनी एवं उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कारबारे जानकारी गराएको हो ।

‘मेड इन नेपाल गौरव गरौं, स्वदेशी वस्तु प्रयोग गरौं’ भन्ने नाराकासाथ आयोजना गर्न लागिएको ६ दिने प्रदर्शनीमा तीन सय अवलोकन कक्ष रहने जनाइएको छ ।

प्रदर्शनीमा देशभरका ३ सय ५० जना उद्यमी सहभागी हुने समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताए ।

मेलाको ३ लाख बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको समितिले जनाएको छ ।