२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तीनजुरे पाथीभरा डाँडामा बहुउद्देश्यीय भ्यू-टावर बनाइने


0
Shares

यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न लालीगुराँस नगरपालिका–४ स्थित तीनजुरे पाथीभरा मन्दिरनजिकै पर्यटन कार्यालय झापाले भ्यू–टावर बनाउन लागेको हो ।

२ करोड १३ लाख रुपैयाँमा बनाइने टावरको काम एक वर्षभित्र सकाइने गरी ठेक्का दिइएको पर्यटन कार्यालय झापाका प्रमुख गणेश तिम्सिनाले जानकारी दिए ।

चार तलाको उक्त भ्यु–टावर प्रदेश नं. १ कै सर्वोत्कृष्ट र नमूना हुने दावी गरिएको छ ।

टावरमा किचेन, कफी सप, सुरक्षा पोस्ट, सञ्चार सुविधा, स्थानीयस्तरमा उत्पादित वस्तुका स्टल, दृश्यावलोकनका लागि वाइनाकुलर, रमणीय प्राकृतिक पार्क, शौचालय जस्ता सुविधा उपलब्ध गराइने छ ।