Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सहर उज्यालो पार्दै उपभोक्ता, आगामी बर्ष सहर झलमल हुने


0
Shares

यो वर्ष साँढे ४ सय सौर्य सडक बत्तीको माग भएकामा मन्त्रालयबाट रु ४९ लाख मात्र बजेट स्विकृत भएकाले प्राथमिकताको आधारमा विभिन्न टोलले काम समेत सुरु गरेको भरतपुर उपमहानगरपालिकाका इन्जिनियर विराट घिमिरेले बताए ।

सो बत्तीका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यो वर्ष स्याउलीबजारका लागि मात्रै रु १८ लाख ५५ हजार अनुदान दिएको र भरतपुर उपमहानगरले रु दुई लाख ७९ हजार व्यहोरेको छ भने रु सात लाख २० हजार स्थानीय बासिन्दाले व्यहोरोका छन् ।

ससांसद कृष्णभक्त पोखरेलको सांसद विकास कोषबाट समेत रु दुई लाख प्राप्त भएको स्याउलीबजार टोल विकास संस्थाकी अध्यक्ष तुलसा ज्ञवालीले बताइन् ।

उनका अनुसार सडकको अध्याँरो क्षेत्रमा यो वर्ष २७ वटा सौर्य सडकबत्ती निर्माण लागि रु २८ लाख ५५ हजार बजेट बिनियोजन भएको छ । गएको बर्ष स्याउलीबजार र हाकिमचोकको राजमार्ग क्षेत्रमा ४७ वटा सौर्य सडक बत्ती बालिएको थियो

अझै एकसय जती बत्ती भयो भने स्याउलीबजार आसपासका क्षेत्रमा राती बिजुली बत्तीको आवश्यकता नपर्ने उल्लेख गर्दै अध्यक्ष ज्ञवालीले भने, “आगामी बर्ष पनि यो अभियान जारी हुन्छ । यसरी सोलार बत्ती राख्दा हिंड्नलाई पनि सजिलो र दुर्घटनाको जोखिम कम हुन्छ ।” रासस