प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित • Image Khabar Image Khabar


प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १४:२६

प्याब्सन अध्यक्षमा सम्बाहाम्फे निर्वाचित

मंगलबार राति सम्पन्न मतगणनाको परिणामअनुसार कुल एक हजार ६२३ मतमध्ये सम्बाहाम्फेले ८७१ र उनका निकटतम् प्रतिद्वन्द्वी टीकाराम पुरीले ७५१ मत ल्याएका छन् ।

निर्वाचित अध्यक्ष सम्बाहाम्फे १२० मत अन्तरले विजयी भएका हुन् ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा डीके ढुंगाना तथा खुला उपाध्यक्षमा ईश्वरबहादुर गुरुङ, अनिलकुमार झा, आरसी श्रेष्ठ र कृष्णप्रसाद अधिकारी विजयी भएको घोषणा निर्वाचन समितिका संयोजक पर्शुराम कोइरालाले गरे ।

साथै, महासचिवमा राजेन्द्र बानियाँ र कोषाध्यक्षमा टंक भट्टराई निर्वाचित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्