संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय • Image Khabar Image Khabar


संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १४:५८

संविधान संशोधन प्रक्रिया अघि बढाउन नदिने एमालेसहित विपक्षी ९ दलको निर्णय

सरकारले बुधबार (आज)को व्यवस्थापिका–संसद बैठकबाट संविधान संशोधनको प्रक्रिया अघि बढाउने तयारी गरेपछि त्यसबारे धारणा बनाउन बसेको विपक्षी ९ दलको बैठकले प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरेको हो ।

प्रतिपक्षी दलहरुले संविधान संशोधनको प्रक्रिया अघि बढेपछि त्यसको परिणामलाई स्वीकार्ने/नस्वीकार्नेबारे मधेसी मोर्चाले स्पस्ट पार्नुपर्ने मागसमेत गरेका छन् ।

यस्तै, मधेसी मोर्चाले निर्वाचनमा जाने प्रतिबद्धता जनाए सबै विषयमा छलफल गर्न सकिने निर्णय पनि विपक्षी दलहरुले गरेको बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

यसअघि, बुधबारै बसेको एमाले संसदीय दलको बैठकले संविधान संशोधन विधेयकका विषयवस्तुप्रति विरोध कायम रहेको भन्दै प्रक्रिया अघि नबढाउन आग्रह गरेको थियो ।

एमाले संसदीय दलले संसदबाट संविधान संशोधन प्रस्ताव पारित हुन नसक्ने निष्कर्षसमेत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्