राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग • Image Khabar Image Khabar


राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग


Imagekhabar
११ फाल्गुन २०७३, बुधबार १६:१०

राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग

हाल सो विधेयक व्यवस्थापिका–संसद, राज्य व्यवस्था समितिमा छलफलमा रहेको छ ।

सो विधेयकमा न्यूनतम् मतसीमा (थ्रेसहोल्ड) कति प्रतिशत राख्ने वा नराख्ने विषयमा दलकाबीचमा मतमतान्तर रहिआएको छ ।

ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र थ्रेसहोल्डका पक्षमा रहेका छन् भने साना दल यसका विपक्षमा रहेका छन् ।

आयोगको मंगलबार सम्पन्न बैठकले सो पत्रचार गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको सहभागिताको सुनिश्चितताका लागि राजनीतिक दल दर्ता र व्यवस्थापन गर्न राजनीतिक दलसम्बन्धी कानुन आवश्यक भएको आयोगले जनाएको छ ।

आयोगको सो बैठकले आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचनको मिति तोकेकोमा सरकारलाई धन्यवाद दिनुका साथै सो मितिमा निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहितरुपमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको सरकारलाई लेखी पठाउने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषदको फागुन ९ गते बसेको बैठकले आगामी वैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको थियो । करिब १९ वर्षको अन्तरालपछि सरकारले निर्वाचनको मिति घोषणा गरेको हो ।

विज्ञप्तिमा आयोगले निर्वाचनका लागि स्थानीय तहको पुनःसंरचनासम्बन्धी प्रतिवेदन आवश्यक पर्ने हुँदा सो प्रतिवेदन शीघ्र उपलब्ध गराइदिनसमेत आग्रह गरेको छ ।

मतदाता नामावली दर्ताकार्य स्थगित
निर्वाचनको मिति घोषणा भएको हुँदा मतदाता नामावलीमा नाम दर्ताकार्य स्थगित गर्ने निर्णयसमेत अयोगले गरेको छ ।

मतदाता नामावलीलाई अद्यावधिक (सच्याउने, उजुरी दिने, दोहोरो नाम हटाउने) गर्न जिल्ला सदरमुकामबाट आगामी फागुन १७ गतेदेखि २१ गतेसम्म गर्ने निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्