
क्वालालम्पुरमा आयोजित पत्रकार सम्मेलनमा मलेसियाली प्रहरी प्रमुख खालिद अबु बकरले हत्यामा संलग्न तीन संदिग्ध उत्तर कोरियाली नागरिकको खोजी भइरहेको बताएका छन् ।
मलेसियामा नै रहेको आशंका गरिएका अर्का संदिग्ध किम उक उत्तर कोरियाली सरकारी विमान सेवामा कार्यरत् रहेको प्रहरीले जनाएको छ । अरु चारजना भने उत्तर कोरिया फर्केको विश्वास गरिएको छ ।
हत्या प्रकरणपछि मलेसिया र उत्तर कोरियाबीच तनाव चुलिएको छ । क्वालालम्पुर विमानस्थलबाट मकाउ जान लागेका किमको रहस्यमय मृत्यु भएको थियो ।
मकाउ जान लागेका किमको अनुहारमा विष छर्किएको र आक्रमणपछि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको विश्वास गरिन्छ ।
हत्यामा उत्तर कोरियाको संलग्नता रहेको व्यापक अनुमान गरिएको छ । उत्तर कोरियाले भने आरोप अस्वीकर गर्दै आएको छ ।
वर्षौंदेखि उनलाई उत्तर कोरियाले हत्या गर्न खोजे पनि चीनले संरक्षण गर्दै आएको विश्वास गरिन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्