२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सप्तकोसी नदीबाट केही वर्षमा ‘विद्युत्को बाढी’ आउँछ : ऊर्जामन्त्री


0
Shares

सप्तकोसीका विभिन्न सहायक नदीहरुबाट विद्युत् उत्पादन कार्य योजना अघि बढेको भन्दै उनले ४/५ वर्षभित्रमा हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने जिकिर गरे ।

उद्योग संगठन मोरङको आयोजनामा बुधबारदेखि सुरु भएको विराट एक्स्पोको उद्घाटन गर्दै मन्त्री शर्माले सप्तकोसीका विभिन्न मुहान नदीबाट उत्पादन हुने विद्युत् खपत गर्न उद्यमीहरुलाई तयार रहन आग्रहसमेत गरे ।

एक सातासम्म चल्ने कृषि तथा औद्योगिक प्रदर्शनीमा औद्योगिक उत्पादन तथा कृषिजन्य वस्तु, जडिबुटी उत्पादन र कृषिऔजार, सूचना–प्रविधि, वैकल्पिक ऊर्जालगायत विद्युतीय सामग्री, घरायसी सामान, गार्मेन्ट, खाद्यपदार्थसहितका २५४ ओटा स्टल रहेका छन् ।

पहिलोपटक माउन्टेन उडान, हेलिसिटी टुरसमेतको व्यवस्था गरिएकोे कृषि तथा औद्योगिक प्रर्दशनीमा ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।