Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


वीर अस्पताल अब अन्तर्राष्ट्रियस्तरको बन्ने, दुवाकोटमा २० अर्बको नयाँ भवन (भिडियो)


0
Shares

गत साउन ८ गते भएको निणर्यअनुसार सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताललाई जग्गा उपलब्ध गराएको हो ।

योसँगै अब दुवाकोटमा अन्तर्राष्ट्रियस्तरको सेवासहितको वीर अस्पतालको सेवा विस्तार गरिने छ ।

जसमा १ हजार वेडसहितको अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्यासको मुख्यालय, रजिष्ट्रारको कार्यालय, नर्सिङ कलेज, पब्लिक हेल्थ कलेज, रेडियोलोजिस्ट प्याथोलोजिस्टको पठन–पाठनसमेत त्यहींबाट गर्ने गरी भौतिक पूर्वाधार तयार गरिने न्याम्सका उपकुलती डा. गणेश गुरुङले जानकारी दिए ।

उपकुलपति डा. गुरुङले हामीसँग कुरा गर्दै भक्तपुरको चाँगुनारायण नगरपालिकाको ११ र १४ वडा स्थित जग्गा न्याम्समा नाममा आएको बताए ।

दुवाकोटमा वीर अस्पतालको सेवा विस्तार र भौतिक संरचना निर्माणका लागि २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खर्च सरकार आफैंले गर्ने या दाताको सहयोग लिने भन्नेबारेमा भने अझै निर्णय भईनसकेको उपकुलपति डा. गुरुङले बताए ।