
शिवरात्रिका लागि देश–विदेशबाट आएका साधु–सन्तहरु पाशुपत क्षेत्रमा रहेको राम मन्दिर र पशुपतिनाथ मन्दिरको वरपर ठाउँ ओगटेर बसेका छन् ।
भारतबाटमात्रै २ हजार ५ सयभन्दा बढी साधु–सन्त नेपाल आइसकेका छन् भने आउनेक्रम जारी छ । उनीहरुका लागि पशुपति क्षेत्र विकास कोषले धुनी जगाउनका लागि दाउराको व्यवस्था मिलाएको छ ।
आतेजाते बाटो खर्च पनि उपलब्ध गराएको छ । यद्यपि, पाशुपत क्षेत्रमा पुगेका साधु–सन्तले भने खानेपानी र चर्पीको उचित व्यवस्था नभएको र खर्च अपुग भएको गुनासो गरेका छन् ।
साधु–सन्तका लागि सामाजिक संस्था मारवाडी सेवा समितिले खानाको व्यवस्था पनि मिलाएको छ ।
शिवरात्रिका लागि नेपाल प्रहरीका २५ सय, सशस्त्र प्रहरीका एक हजार र नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको टोली सुरक्षामा खटिनेछन् ।
एक घन्टाभित्रै दर्शन गर्न सकिने व्यवस्था मिलाइएको भन्दै कोषले एक हजारको टिकट र विशेष पासको व्यवस्था हटाएको जनाएको छ ।
शुक्रबार बिहानैदेखि पशुपतिनाथ मन्दिरका सबै ढोका खुल्ने र भक्तजनहरुलाई चारओटा लाइनमा बसेर दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्