२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कन्चनपुरमा तनावः प्रहरी र आरक्षपीडितबीच झडप, सात प्रहरीसहित दुई दर्जन बढी घाइते


0
Shares

आरक्षपीडित संघर्ष समिति कन्चनपुरको अगुवाइमा पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्दकाक्रममा कलुवापुरमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

झडपमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जवान र नेपाल प्रहरीका चारजना घाइते भएका छन् । यस्तै, झडपमा दुई दर्जन बढी आन्दोलनकारी पनि घाइते भएका छन् ।

महेन्द्रनगरदेखि धनगढी विमानस्थल जाने यात्री चढेको बस जान दिनुपर्ने भन्दै प्रहरीले आन्दोलनकारीमाथि बल प्रयोग गर्दा दोहोरो झडप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरले आन्दोलनकारीले अटेरी गर्दा बल प्रयोग गर्नुपरेको जनाएको छ ।

सरकारले आरक्षपीडितको माग सुनुवाइ नगरेको भन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत् कलुवापुरमा जम्मा भएर पीडितले राजमार्ग अवरुद्ध पारेका थिए ।

२०५८ सालमा शुक्लाफाँटा आरक्ष विस्तारकोक्रममा विस्थापित भएका पीडितको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन ।