१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


एमालेबिना नै संविधान संशोधनको पक्षमा दुई तिहाइ पुर्‍याउन सकिन्छ : देउवा


0
Shares

एमालेबिना नै संविधान संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्‍याउन सकिने अवस्था रहे पनि आफूहरु एमाले प्रस्तावको पक्षमा लाग्नेमा विश्वस्त रहेको देउवाले बताए ।

सबै नेपालीहरुमा मेलमिलाका लागि पनि संविधान संशोधन गर्नुपर्ने देउवाको भनाइ थियो ।

विहीबार झापाको भद्रपुरमा पूर्वाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले मधेसी मोर्चाको माग सम्बोधन गर्न आफूहरु तयार रहेकोसमेत बताए ।

उनले मधेसी जनताले तराईमा नेपाली सीमाको सुरक्षा गरिरहेको भन्दै मधेसी जनतालाई अविश्वास नगर्न पनि आग्रह गरे ।

महोत्सव फागुन २१ गतेसम्म सन्चालन हुनेछ । महोत्सवमा झापामा उत्पादित चिया, हस्तकला, काष्ठकलाका समान, औद्योगिक औजार तथा कृषिसम्बन्धी उपकरणहरुका एक सयभन्दा बढी स्टलहरु राखिएका छन् ।