उतार–चढावबीच बजार परिसूचक नेप्से साढे ६ अंकले ऋणात्मक रहेर १३ सय ३७ मा कायम भएर थामियो । होटल र अन्यबाहेक अरु कारोबार भएका समूह ऋणात्मक रहे ।
बीमा समूहमा सबैभन्दा उच्च ३५ अंकको गिरावट आयो । वाणिज्य बैंक समूहमा पनि ९ अंकको कमी आयो भने अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् । होटल समूह भने १५ अंकले उकालो लाग्यो । अन्य समूह सामान्य अंकले धनात्मक रह्यो । यस दिन कारोबार पनि न्यून नै रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३० कम्पनीको ७ लाख ६१ हजार कित्ता सेयर साढे ३० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्