२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


यी हुन् पाल्पा महोत्सवका आकर्षण


0
Shares

महोत्सवमा जिल्लामा उत्पादन हुने विभिन्न वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ ।

महोत्सवको आकर्षणमा गणेशको मूर्ति, पाल्पाली करुवा तात्कालीन पाल्पाका कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित काठका सामग्री र कृषिजन्य वस्तुहरु रहेका छन् ।

महोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले स्वदेशी व्यापार फस्टाउन सकेमात्र राष्ट्र समृद्धितर्पm उन्मुख हुने बताए ।

पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ८ करोड रुपैयाँ बढीको कारोबार हुने अपेक्षा आयोजकको छ । महोत्सव २२ गतेसम्म चल्नेछ ।