
‘पुष्प व्यवसाय प्रवद्र्धनका लागि पुष्प व्यापार मेला’ भन्ने मूल नाराकासाथ फ्लोरिकल्चर एसोसिएसन कास्कीको आयोजनामा मेला भएको हो ।
प्रदर्शनीमा ३ सय ५० भन्दा बढी प्रजातिका फूलहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको कार्यक्रम संयोजक पंकज पौडेलले बताए ।
२९ ओटा स्टल राखिएको प्रदर्शनीमा परम्परागत फूलका अलावा कटफ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साइ बिरुवा आदि राखिएका छन् ।
प्रदर्शनीमा २० रुपैयाँदेखि ५० हजार रुपैयाँ पर्ने बिरुवा बिक्रीका लागि राखिएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्