Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


लेस्टर सिटीका प्रशिक्षक क्लाउडियो रानिएरी बर्खास्त


0
Shares

च्याम्पियन्स लिगमा सेभिल्लासँग २–१ ले हारे लगत्तै रानिएरीलाई बर्खास्त गरिएको हो । जारी सिजनमा लेस्टर सिटीले खराब प्रदर्शन गरेपछि क्लबले रानिएरीलाई बर्खास्त गरेको हो ।

प्रिमियर लिगको यो सिजनमा लेस्टर सिटी रेलिगेसन जोनभन्दा एक स्थान मात्र माथि छ ।

क्लबको व्यवस्थापन समितिले नेतृत्व परिवर्तन अहिलेको आवश्यकता भएकाले रानिएरीलाई बर्खास्त गर्नुपरेको बताएको छ ।

रानिएरी क्लबका लागि अहिलेसम्मकै उत्कृष्ट प्रशिक्षक रहे पनि तत्काल क्लबको प्रतिष्ठा जोगाउनु मुख्य कुरा रहेको व्यवस्थापकीय पक्षले बताएको छ ।