
कार्ययोजना अभावका कारण दुई आर्थिक वर्षसम्म अघि बढ्न नसकेको चुलिवन पर्यटकीय क्षेत्रको भौतिक संरचना निर्माणको काम चालू वर्षबाट भने सुरु गर्न लागिएको हो ।
धनकुटा सदरमुकामसँग जोडिएका चुलिवन, मन्दीमपाखा, देउराली सामुदायिक वन समेटी धनकुटा नगरपालिकाले २०६८ सालदेखि पर्यटकीय स्थल निर्माण कार्य सुरु गरेको थियो ।
हालसम्म तीन चरण गरी ४६ लाख ४० हजार रुपैयाँको लागतमा विभिन्न भौतिक संरचना निर्माण गरिए पनि कार्ययोजना अभावमा बितेका दुई आर्थिक वर्षमा कुनै पनि काम अघि बढ्न सकेको थिएन ।
२०७२ सालमा पञ्चवर्षीय योजना बनेपछि यस आर्थिक वर्षदेखि आयोजना निरन्तरताका लागि रकम विनियोजन गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत डम्बर रौंगुले जानकारी दिए ।
चालु आर्थिक वर्षकोे लगानीसँगै कुल ९६ लाख ४० हजार खर्च गरेको धनकुटा नगरपालिकाले २५ औं परिषद्बाट आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि समेत ५८ लाख ४७ हजार विनियोजन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्