२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


डोलेश्वरबाट साधु–सन्तको बिदाइ


0
Shares

भक्तपुर, फागुन २१ । भक्तपुरस्थित केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वका लागि आएका साधु–सन्तलाई मंगलबार बिदाइ गरिएको छ ।

शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधु–सन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो ।

डोलेश्वर दर्शन गर्न आएका करिब ३२० साधु–सन्तहरु बिदाइ कार्यक्रममा सहभागी भएको केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

समितिकाअनुसार डोलेश्वरमा आएका साधु–सन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराइएको छ ।

‘क’ वर्गका साधु–सन्तलाई जनही नगद एक हजार १०० रुपैयाँ दक्षिणा, ‘ख’ वर्गकालाई जनही ७०० रुपैयाँ र ‘ग’ वर्गकालाई जनही ५०५ रुपैयाँ तथा प्रत्येकलाई एकथान कम्बल र एकथान धोती प्रदान गरिएको थियो ।