
-ध्रुव भट्टराई, ईमेज
सांसद विकास कोषको रकम सानातिना कार्यक्रम र कार्यकर्ता पोस्ने योजनामै बढी खर्च हुने गरेको छ । यसले विकासको गतिलाई झन् सुस्त पारेको छ ।
राजधानी काठमाडौंपछि सवैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला मोरङ हो । मोरङमा ९ वटा निर्वाचन क्षेत्र छन् ।
नौ निर्वाचन क्षेत्रका लागि दुई शीषर्कअन्र्तगत चालु आर्थिक वर्षमा ४० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । मोरङमा समानुपातिकसहित २७ जना सांसद छन् ।
चालु आर्थिक वर्षमा ती सांसदमार्फत २७ करोड र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तरगत चालु आर्थिक वर्षका लागि १३ करोड ५० लाख रूपैयाँ जिल्ला भित्रिएको छ ।
मोरङका सांसदले पाएका अधिकांश रकम साना र टुक्रे योजनामा खर्च भएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत बाटो पूर्वाधारका अधुरा काम प्राथमिकतामा परेका छन् ।
निर्वाचन क्षेत्र कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रका लागि छुटाइएको ५० लाख रुपैयाँमा सांसद र कार्यकर्ताको इच्छाअनुसार साइकल वितरणदेखि ब्यूटी पार्लर र सिलाइ कटाईसम्मका १ हजार बढी संख्यामा योजना छनोटमा परेका छन् ।
दुवै शीर्षकअन्तर्गत यो वर्षका लागि करिव १५ सयको संख्यामा योजना छनोट गरिएको छ ।
जसमा सांसदहरुले निर्वाचन क्षेत्र कायक्रमअन्तर्गत छनोट गरेका योजनाहरु मध्ये आधा भन्दा बढी योजना क्षमता विकासका नाममा कार्यकर्ता पोस्ने खालका योजना छन् ।
प्रतिक्रिया दिनुहोस्