८ असार २०८१, शनिबार | Sat Jun 22 2024


स्ववियु विवादः धनकुटा बहुमखी क्याम्पसमा नेवि संघको तालाबन्दी


0
Shares

क्याम्पस प्रशासनले पुनर्गठन गरेको निर्वाचन समितिप्रति असहमति र फर्जी विद्यार्थीको छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको हो ।

क्याम्पस प्रमुख निरञ्जन वस्ती र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको हो ।

निर्वाचन समितिका प्रमुख श्याम वाग्ले र अरु दुई सदस्यले पदबाट राजीनामा दिएपछि विद्यार्थी संगठनसँग छलफल नै नगरी निर्वाचन अधिकृत र सदस्य नियुक्ति गरेकाले तालाबन्दी गरिएको नेवि संघ धनकुटाका अध्यक्ष बालानन्द दाहालले जानकारी दिए । नेविसंघले फर्जी विद्यार्थीको छानबिन गर्न पनि माग गरेको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच कसलाई पहिले दर्ता गर्ने भन्ने विषयमा विवाद भएपछि मुख्य निर्वाचन अधिकृत र अरु दुई सदस्यले विहीबार राजीनामा दिएका हुन् ।

तालाबन्दीका कारण स्ववियुको निर्वाचनमासमेत अन्योल भएको छ ।