२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


निर्वाचनविरुद्ध आन्दोलन थाल्ने मधेसी मोर्चासहितको गठबन्धनको धम्की


0
Shares

गठबन्धनको शुक्रबार राजधानीमा बसेको बैठकले अहिलेकै अवस्थामा निर्वाचनमा जानुको औचित्य नहुने भन्दै संशोधन प्रस्ताव पारित भएमात्र निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

सरकारले सहमति नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै एकलौटीरुपमा घोषणा गरिएको निर्वाचनविरुद्ध आन्दोलन थाल्ने धम्की पनि सो गठबन्धनले दिएको छ ।

बैठकले गठबन्धनका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन कार्यदलसमेत गठन गरेको छ ।

सरकारले आफूहरुका मागहरु सम्बोधन नगरे र संशोधन प्रस्ताव पारित नगरे सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने चेतावनी पनि गठबन्धनले दिएको छ ।