२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


देशमा शान्ति कायम गराउनसक्ने व्यक्ति नै सच्चा राष्ट्रवादी : पूर्वराष्ट्रपति यादव


0
Shares

प्रजातान्त्रिक आन्दोलनका योद्धा महेन्द्रनारायण निधिको ९५औं जन्मजयन्ती कार्यक्रममा शुक्रबार राजधानीमा बोल्दै पूर्वराष्ट्रपति यादवले सबैका मुद्दा समेटेर देशमा शान्ति कायम गराउनसक्ने व्यक्ति नै सच्चा राष्ट्रवादी हुने पनि बताए ।

कार्यक्रममा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन गर्दै तीनओटा निर्वाचन गराउन अहिलेको सरकार बनेकाले चुनाव गराउन नसके सरकारको औचित्य पनि सकिने टिप्पणी गरे ।

उनले राजनीतिक दलसम्बन्धी प्रस्तावित कानुन संशोधन नभएपनि स्थानीय निर्वाचन गराउन बाधा नपर्ने भन्दै उनले तोकिएको समयमै निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं कांग्रेसका पूर्वमहामन्त्री महेन्द्रनारायण निधिको ९५औं जन्मजयन्तीको अवसरमा राजनीतिक र सामाजिक क्षेत्रमा सहयोग पुर्‍याएका चारजनालाई सम्मान पनि गरियो ।

एक लाख १ हजार पुरस्कार राशी रहेको प्रेमसागरी देवी निधि पुरस्कार रत्नाकुमारी श्रेष्ठ र वृन्दा जोशीलाई प्रदान गरियो भने ५१ हजार रुपैयाँ राशीको महेन्द्रनारायण निधि पुरस्कार देवेन्द्र उपाध्याय र पन्नालाल गुप्तालाई प्रदान गरियो ।