स्थानीय निर्वाचनमा असन्तुष्ट सबै दललाई सहभागी गराउनोस् : राजदूत राय

फाइल फोटो
रिपोर्टर्स क्लब नेपालद्वारा शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा राजदूत रायले नेपालमा वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा सकेसम्म असन्तुष्ट सबै राजनीतिक दललाई सहभागी गराउन आग्रह गरे ।
‘भारतले नेपालमा संविधान जारी हुँदा त्यसमा सबैको सहभागिता भएको देख्न चाहेजस्तै स्थानीय तहको निर्वाचनमा पनि सबैको सहभागिता भएको देख्न चोहेको छ’–राजदूत रायले भने ।
नेपालको पूर्वाधार विकासमा भारतले सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ छ । रासस