
आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र अर्थ मन्त्रालयमा उपलब्ध गराएको प्रतिवेदनमा आयोजनाको प्रगति उल्लेख्यरुपमा अगाडि बढेको जनाइएको छ ।
हालसम्म आयोजनामा रु ३२ अर्ब ९८ करोड खर्च भएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण आयोजनाको लागत बढेर रु ४१ अर्ब ७८ करोड पुग्ने अनुमान छ ।
चालु आर्थिक वर्षको ६ महिनामामात्रै आयोजनामा रु ३३ करोड ३३ लाख खर्च भएको छ । चालु आवमा सरकारले सो आयोजनाका लागिमात्रै रु एक अर्ब बजेट विनियोजन गरेको थियो ।
आयोजनाको सुरुङ खन्न अब एक हजार तीन सय ५० मिटरमात्र बाँकी रहेको र अन्य काम पनि युद्धस्तरमा अगाडि बढेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
आयोजनको विद्युत्गृह, ट्रान्सफर्मर र क्याभिन भर्ने कार्य सम्पन्न हुने चरणमा रहेको र टेलरेसको सुरुङ खन्ने कार्य भने शतप्रतिशत पूरा भएको छ ।
पछिल्लो समयमा संशोधित कार्यतालिकानुसार तामाकोसीको पहिलो युनिट आगामी २०७५ असार ३१ गते सन्चालनमा आउने छ । यस्तै, बाँकी युनिट सोही वर्षको मंसिर २७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
भूकम्प र नाकाबन्दीले आयोजनाको काम झन्डै डेढ वर्ष अवरूद्ध भएको थियो ।
कुल ४५६ मेगावाट क्षमताको उक्त आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना हो । रासस
प्रतिक्रिया दिनुहोस्