२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


तेह्रथुममा आगलागीमा परी एक जनाको मृत्यु


0
Shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय राममाया कार्कीको घरमा आगलागी हुँदा उनकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो ।

काठले बनेको दुईतले घरमा आगलागी हुँदा सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

आमा राममाया भने गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।