Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


मनाङ–मर्स्याङ्दी यसरी पुग्यो अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा


0
Shares

एक खेलमा जित, एकमा बराबरी तथा एकमा हार व्यहोरेको मनाङ समूह ‘बी’को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

शुक्रबार समूह चरणको अन्तिम खेलमा मनाङले आयोजक चितगोङ आवहनी लिमिटेडसँग २–२ गोलको बराबरी खेल्यो

२–० ले अग्रता लिएको अवस्थामा पनि मनाङले बराबरीको सामना गर्नुपरेको हो । मनाङका लागि दुबै गोल अलावालेले गरे ।

त्यस्तै, मनाङसँग बराबरी गरेको अवाहनी समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

मनाङले यसअघि बंगलादेशी मोहमोदेन स्पोर्टिङ क्लबलाई २–० ले हराएको थियो भने अफगानिस्तानको शाहिन अस्मायीसँग ३–१ को हार व्यहोरेको थियो ।

तर, शुक्रबारै भएको अन्तिम खेलमा मोहमोदेनले अस्मायीलाई २–० ले हराएपछि ‘हेड टु हेड’मा मनाङले सेमिफाइनलमा ठाउँ बनाएको हो ।

त्यस्तै, समूह ‘ए’बाट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङको टोली माल्दिभ्सको टीसी स्पोर्टस् क्लब समूह विजेता र दक्षिण कोरियाको पोइचेन सीटीजन एफसी समूह उपविजेताकोरुपमा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

सेमिफाइनल खेल सोमबारबाट सुरु हुनेछ । अब मनाङले फाइनल प्रवेशका लागि सोमबार किरण सम्मिलित टोलीसँग खेल्नेछ ।

यस्तै, दोस्रो सेमिफाइनलमा मंगलबार अवाहनीले पोइचेनसँग खेल्नेछ ।

तस्वीर साभारः गोल नेपाल ।