अमेरिकामा ‘देश छाड’ भन्दै एक भारतीय नागरिकको हत्या • Image Khabar Image Khabar


अमेरिकामा ‘देश छाड’ भन्दै एक भारतीय नागरिकको हत्या


Imagekhabar
१४ फाल्गुन २०७३, शनिबार ०६:५२

अमेरिकामा ‘देश छाड’ भन्दै एक भारतीय नागरिकको हत्या

कान्सानस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ बर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेको छ ।

घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् ।

कान्सास सीटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलार्इ उद्धृत गर्दै जनाएअनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए ।
-कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्