दक्षिण एसियाली दलित सम्मेलनः संयुक्त आन्दोलनमा जोड • Image Khabar Image Khabar


दक्षिण एसियाली दलित सम्मेलनः संयुक्त आन्दोलनमा जोड


Imagekhabar
१४ फाल्गुन २०७३, शनिबार १४:५७

दक्षिण एसियाली दलित सम्मेलनः संयुक्त आन्दोलनमा जोड

एसिया दलित अधिकार मञ्च र एसिया संसद दलित फोरमले शनिबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले दलितको अवस्थामा सुधार ल्याउन सम्पूर्ण एसियाली दलितको एकता अपरिहार्य भएको बताएका हुन् ।

उनीहरुले अहिले पनि अधिकांश दलित समुदाय गरिबीको रेखामुनि रहेको भन्दै उनीहरुको जीवनस्तर सुधार गर्नमा दक्षिण एसियाका सरकार गम्भीर नभएको आरोप लगाए ।

दलित अधिकारकर्मीहरुले ग्रामीण क्षेत्रमा दलितमाथि अझै विभेद रहेको र छुवाछुतमुक्त हुन नसकेकाले संयुक्त आन्दोलन आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा नेपालसहित भारत, श्रीलंका, भुटान, पाकिस्तान, माल्दिभ्सलगायतका देशका दलित संघ–संस्थाका प्रतिनिधि र अधिकारकर्मी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्