
काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी दिएका छन् ।
महासमिति बैठकको भावना विपरित केन्द्रीय समितिले निर्णय गरेको भन्दै जिल्ला सभापतिहरु रुष्ट बनेका हुन् ।
महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पारित गरेको भन्दै रुष्ट जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको चेतावनी दिएका हुन् ।
केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने माग सम्बोधन नगरिएपछि आफूहरु बाध्य भएर कठोर बन्नु परेको नुवाकोट कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले बताए ।
महासमिति बैठक समापन गर्ने क्रममा पार्टी सभापति देउवाले दुबै माग सम्बोधन गर्ने आश्वासन दिए पनि केही दिनअघि केन्द्रीय कार्यसमितिले केन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण कोटामा एउटै व्यक्ति दोहोरिन सक्नेगरी विधान पारित गरेको थियो ।
५६ जना जिल्ला सभापतिले निकालेको संयुक्त विज्ञप्तिमा महासमितिबाट पारित गरेको विषय केन्द्रीय समितिले उल्टाएकोमा आश्चर्य जनाइएको छ ।’
महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, विज्ञप्तिमा भनिएको छ ।
केन्द्रीय कार्यसमितिको निर्णय पुनर्विचार गर्न माग गर्दै उनीहरुले ‘अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुनेछौं’ भनेका छन् ।
नेपाली कांग्रेस ५६ जिल्ला सभापतिहरुको प्रेस बिज्ञप्ती
नेपाली कांग्रेसको २०७५ पुष २९ गते देखि माघ ९ गते सम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति श्री शेर बहादुर देउवा र बरिष्ठ नेता श्री रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्ति लाई दोहोर्याएर अबशर नदिने सम्बन्धि व्यवस्था थप गर्ने सम्बन्धमा एक्यवध्दता जनाउनुभएको थियो । यसरी महासमिति बैठक बाट पास भैसकेको बिषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीलाई आश्चर्य चकित तुल्याएको छ । महासमिति भन्दा ठुलो केन्द्रिय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापति जस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु देखा पर्नु दुर्भाग्यपूर्ण हो ।
उक्त दुई बिषयलाई लिएर पार्टी केन्द्रिय कार्यालयको सचिवालयमा औपचारिक रुपमै दर्ता भएको (द.न.९३)महासमिति सदस्यहरुको हस्ताक्षरलाई वेवास्ता गरी संसोधन प्रस्ताव नै नआएको जस्ता गलत प्रचारबाजीमा उत्रनु अझै हास्यास्पद छ ।
महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रिय समितिको पछिल्लो निर्णयले निरास बनाएको छ । पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने उक्त निर्णय माथि शिघ्र पूनर्विचार गर्न जोडदार माग गर्दछौ । अन्यथा बिशेष महाधिवेशनका लागि समेत पहल गर्न बाध्य हुनेछौ । जय नेपाल ।
प्रदेश नं. १
१ लिला देवी बोखिम- ताप्लेजुंग
२ नरेन्द्र कुमार केरुङ्ग- पांचथर
३ हिमालय कर्माचार्य- ईलाम
४ उद्धव थापा- झापा
५ गोविन्द ढुंगाना- तेह्रथुम
६ नन्दमणि राई- भोजपुर
७ नरेश कुमार श्रेष्ठ- खोटांग
८ बिनोद बस्नेत- सोलुखुम्बु
९ राजिब कोइराला- सुनसरी
१० डिग बहादुर लिम्बु- मोरंग
११ बिदुर बस्नेत- गाईघाट
१२ दिपेन कुमार श्रेष्ठ- संखुवासभा
प्रदेश नं. २
१ कृष्ण देव यादव- रौतहट
२ अजय दुवेदी- पर्सा
प्रदेश नं. ३
१ उज्जल बराल- सिन्धुली
२ मधु आचार्य- काभ्रे
३ लवश्री न्यौपाने- रामेछाप
४ बिकाश लामा- सिन्धुपाल्चोक
५ जगदीश नरसिंह केसी- नुवाकोट
६ दुर्लभ थापा- भक्तपुर
७ सबुज बानिया- काठमाडौँ
८ पेम्बा क्षिरिङ्ग लामा- रसुवा
९ रमेश धमला- धादिङ्ग
१० जित नारायण श्रेष्ठ- चितवन
प्रदेश नं. ४
१ बैकुण्ठ न्यौपाने- तनहुँ
२ कृष्ण केसी- कास्की
३ खम्ब गर्बुजा- म्याग्दी
४ यङ्गजीङ्ग बिष्ट- मुस्ताङ
५ कुमार राणा- स्याङजा
६ बिष्णु प्रसाद लामिछाने- नवलपुर
७ भेष बहादुर पौडेल- लमजुङ
८ हरि ब घले —गोरखा
प्रदेश नं. ५
१ अर्जुन पोखरेल- परासी
२ बिर बहादुर राणा- पाल्पा
३ भुवन श्रेष्ठ- गुल्मी
४ बिष्णु प्रसाद खनाल(मुश्कान)- अर्घाखाची
५ सुरेन्द्र प्रसाद आचार्य- कपिलबस्तु
६ अम्मर प्रसाद भण्डारी- प्युठान
७ अमर सिंह पून- रोल्पा
८ केशर मान रोका- पूर्व रुकुम
९ किरण कोइराला- बाँके
१० संजय गौतम — बर्दिया
प्रदेश नं. ६
१ खड्ग बहादुर शाही- मुगु
२ दिप बहादुर शाही- जुम्ला
३ हर्ष बहादुर बम- कालिकोट
४ कृष्ण कुमार बिसी- दैलेख
५ कमल राज रेग्मी- सुर्खेत
६ प्रेम प्रकाश ओली- पश्चिम रुकुम
७ गणेश बहादुर चन्द- सल्यान
८ दिपक जंग शाही- जाजरकोट
९ जयपति रोकाया- हुम्ला
१० अंगत बुढा- डोल्पा
प्रदेश नं. ७
१ कर्ण बहादुर मल्ल- डडेल्धुरा
२ ललित सिंह बोहरा- दार्चुला
३ नरेन्द्र सिंह थापा- बैतडी
४ हर्क जंग बहादुर सिंह- बझांङ्ग
प्रतिक्रिया दिनुहोस्