नेपाली कला र संस्कृति अध्ययन गर्न जापानी विद्यार्थी नेपालमा • Image Khabar Image Khabar


नेपाली कला र संस्कृति अध्ययन गर्न जापानी विद्यार्थी नेपालमा


Imagekhabar
१४ फाल्गुन २०७३, शनिबार १९:०७

नेपाली कला र संस्कृति अध्ययन गर्न जापानी विद्यार्थी नेपालमा

करिब दुई साता नेपाल बसाइकोक्रममा उनीहरुले नेपाली विद्यार्थीहरुसहित ग्रामीण क्षेत्रमा पुगेर त्यहाँको कला, संस्कृति र रहनसहनको अध्ययन गर्ने र आफ्नो देशको संस्कृतिबारे स्थानीय वासिन्दासँग अन्तरक्रिया गर्नेछन् ।

एसिएसन एसोसिएसन फर एजुकेसन एन्ड कल्चर एक्सचेन्ज नामक संस्थाको पहलमा भएको यो कार्यक्रममा सहभागी जापानी विद्यार्थीहरुले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिमसमेत दिने बताइएको छ ।

विगत पाँच वर्षयता यो कार्यक्रमअन्तर्गत् जापानी विद्यार्थी तथा जापानका विश्वविद्यालयमा अध्ययनरत् अन्य देशका विद्यार्थीहरु नेपाल आउन थालेको संस्थाका नेपाल प्रमुख क्षितिज भट्टराईले जानकारी दिए ।

निटक भविष्यमा नेपालका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत् विद्यार्थीहरुलाईसमेत जापानका ग्रामीण क्षेत्रमा लगेर त्यहाँको संस्कृति र रहनसहनबारे जानकारी गराउने उद्देश्य रहेको जापानको टोकियोस्थित टोकियो केइजाई युनिभर्सिटीका प्राध्यपक आकीनोरी सेकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्