८ असार २०८१, शनिबार | Sat Jun 22 2024


मधेसी मोर्चाले चार विषयमा संशोधन दर्ता गराउने


0
Shares

                                                                               फाइल फोटो
बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको सचिवालय बैठकले भाषा, नागरिकता, संघीयता र राष्ट्रियसभा गठनबारे संशोधन प्रस्ताव पेस गर्ने निर्णय गरेको हो ।

उल्लिखित चार विषयमा संशोधन प्रस्ताव लैजाने तयारी भएको मोर्चाको एक घटक सद्भावना पार्टीका महासचिव मनीष सुमनले राससलाई जानकारी दिए । उनले संशोधन प्रस्तावबारे सरोकारवालासँग छलफल भइरहेको पनि बताए ।

व्यवस्थापिका–संसदमा दर्ता भएको संविधान संशोधन प्रक्रिया गत विहीबार सुरु भएको थियो ।

सरकारले गत मंसिर १४ गते सो प्रस्ताव संसदमा दर्ता गरेको थियो ।

संसदले ‘नेपालको संविधान (दोस्रो संशोधन) २०७३’, माथि थप संशोधन प्रस्ताव दर्ता गराउन चाहने सांसदलाई यही फागुन १५ गते कार्यालय समयभित्रको समयसीमा दिएको छ । रासस