१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024


सशस्त्र प्रहरीका पाँच एआइजीद्वारा सामूहिक राजीनामा


0
Shares

काठमाडौं, असार २१ । सरकारले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका निर्णयहरु खारेज गर्ने निर्णय गरेपछि सशस्त्र प्रहरी बलका पाँचजना एआइजीले सामूहिक राजीनामा दिएका छन् ।

बिहीबार दिउँसो गृह मन्त्रालय पुगेर उनीहरूले संयुक्तरुपमा राजीनामापत्र बझाएका हुन् ।

एआइजीहरु जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी, निराकारविक्रम शाह र राजेश श्रेष्ठले राजीनामा दिएका हुन् ।

देउवा नेतृत्वको सरकारले गत माघमा पाँचजना डीआइजीलाई एआइजीमा बढुवा गरेको थियो ।