
झडपमा एक पत्रकारसहित तीन जना घाइते भएका छन् । सदरमुकाम गौरमा आयोजना गरिएको एमाले पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपाललाई गौर प्रवेश गर्न नदिने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले गरुडा र वीपी चोकमा प्रदर्शन गरेका थिए ।
कडा सुरक्षा घेराबीच नेता नेपाल दिउँसो १ बजे कार्यक्रमस्थल पुगेपछि तनाव बढेको थियो । नेता नेपालले जिल्ला प्रहरी कार्यालय नजिकैको ब्यारेक मैदानमा विभिन्न पार्टी परित्याग गरेकाहरुलाई पार्टी प्रवेश गराइरहँदा झण्डै चार सय मिटर पर वीपी चोकमा भने प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियोे ।
एमालेलाई मधेश विरोधी पार्टी भन्दै विरोधमा उत्रिएका मोर्चा कार्यकर्ता र सुरक्षाकर्मीबीच ढुङ्गा हानाहान हुँदा तीन घण्टासम्म उक्त क्षेत्र तनावग्रस्त बन्यो ।
प्रदर्शनकारीले एमाले कार्यकर्ताले प्रयोग गरेको जीपमा आगो लगाएका छन् भने अर्को गाडीको सिसा फुटाएका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । झडपका क्रममा प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर प्रहरी जवान रामविनय यादव घाइते भएका छन् भने प्रहरीको लाठीबाट पत्रकार प्रभात झा घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्