१ अप्रिलदेखि नेपालमा युरो–४ मापदण्डको इन्धन • Image Khabar Image Khabar


१ अप्रिलदेखि नेपालमा युरो–४ मापदण्डको इन्धन


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार ०७:०३

१ अप्रिलदेखि नेपालमा युरो–४ मापदण्डको इन्धन

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दैछ । सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ । हाल युरो–३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको छ ।

आयल निगमका प्रवक्ता भानु खनालले इन्धन सम्झौता नवीकरणको आवश्यक तयारी भइरहेको बताए ।

भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्