
काठमाडौं । जाम्बियाको स्वतन्त्र प्रशारण प्राधिकरणले एउटा निजी टेलिभिजन प्रसारणमा रोक लगाएको छ ।
निजी क्षेत्रले सञ्चालन गरेको देशको लोकप्रिय प्राईम टेलिभिजनको प्रसारणमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।
गैर व्यावसायिक विषयबस्तु प्रसारण गरेकाले सो टेलिभिजनको प्रसारणमा रोक लगाउनु परेको उनीहरुले दाबी गरेका छन् ।
सोमबारदेखि ३० दिनसम्म प्रसारण गर्न बन्देज लगाइएको प्राधिकरणका बोर्ड सचिव जोसेफिन मापोमाले जानकारी दिए ।
गलत, असन्तुलित, बनावटी समाचार तथा अन्य सामग्री प्रसारण गरेर कानुनको उल्लंघन गरेको ठहर प्राधिकरणको बोर्डले गरेको हो ।
पत्रकारिताका आधारभूत आचारसंहिता पालना गर्नसमेत नसकेकाले कारबाही स्वरुप सो टेलिभिजनको प्रसारण बन्द गराउनु परेको बताइएको छ ।
टेलिभिजनको प्रसारण बन्द गराउनुमा कुनै राजनीतिक कारण नभई प्रसारण सम्वन्धी ऐन उल्लंघन नै कारण भएको दाबी पनि सचिव मापोमाले गरे ।
सो टेलिभिजनविरुद्ध सरकार पक्षीय पार्टी र सरकारको विरुद्धमा अनावश्यक र झुटो विवरणहरु पेश गरेको भन्दै उजुरी परेको थियो ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्