आज लगातार दुई पटक भूकम्पको धक्का महसुस • Image Khabar Image Khabar


आज लगातार दुई पटक भूकम्पको धक्का महसुस


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार १०:३४

आज लगातार दुई पटक भूकम्पको धक्का महसुस

बिहान ९ बजेर २२ मिनेटमा रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

लगत्तै १० बजेर ६ मिनेटमा ४ दशमलव ७ म्याग्निच्यूडको अर्को पराकम्प गएको हो ।

पराकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोकलगायत क्षेत्रमा महशूस गरिएको थियो ।

यो २०७२ वैशाख १२ को गोरखा भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

यसअघि फागुन ७ मा धादिङ केन्द्रविन्दु भएर ४ म्याग्नेच्यूडको पराकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्