स्थानीय निर्बाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको छ: मन्त्री बुढाथोकी • Image Khabar Image Khabar


स्थानीय निर्बाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको छ: मन्त्री बुढाथोकी


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार १२:४७

स्थानीय निर्बाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको छ: मन्त्री बुढाथोकी

पाँचथरको फिदिममा सोमबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री बुढाथोकीले बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको दाबी गरे ।

एमालेले स्थानीय तहको निर्वाचन विथोल्न संवैधानिक एजेन्डा नै नबोकेको राप्रपासँग साँठगाँठ गरिरहेको उनको भनाइ थियो ।

मन्त्री बुढाथोकीले संविधान संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाए ।

उनले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै लिएर मुलुकलाई निकाश दिने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्