Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सहायक रथी ताराबहादुर कार्कीलाई मानार्थ उपरथीको दर्ज्यानी


0
Shares

सैनिक सेवा नियमावली, २०६९ मा व्यवस्था भएअनुसार नेपाली सेनाका साधारणतर्फका सहायक रथी ताराबहादुर कार्कीको कार्यदक्षता एवं उनले संस्थाप्रति पुर्‍याएको विशेष योगदानका आधारमा सिफारिस भएअनुसार नेपाल सरकार, मन्त्रिपरिषदको निर्णयबमोजिम उनलाई मानार्थ उपरथी दर्जाकोे दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

सोही समारोहमा महासेनानी (पाइलट) कुमार रायमाझीलाई प्रधानसेनापति क्षत्रीले सहायक रथी (पाइलट) दर्जाको दर्ज्यानी चिह्नसमेत प्रदान गरेको सैनिक जनसम्पर्क निर्देशनालयद्वारा जारी विज्ञप्ति जनाइएको छ । रासस