भूकम्पले तीन टुक्रा पारेको सालिक रहेको ढुंगाको खम्बालाई मर्मत–सम्हार गरेपछि सोमबार खम्बामा योगनरेन्द्र मल्लको सालिक राखिएको हो ।
नेपाल संवत् ८ सय १३ मा निर्माण गरिएको विश्वास गरिएको यो सालिकको पुनःनिर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो ।
खम्बाको मर्मत–सम्हार गरेर पुरानै स्वरुपमा ल्याउन करिब २१ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।
सुनको जलप लगाइएको सालिक पुनःस्थापना कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतले सम्पदा तथा बस्तीको पुनःनिर्माण तीव्रगतिमा अघि बढेको बताए ।
भूकम्पले क्षति पुर्याएका उपत्यकाका तीन जिल्लाका ऐतिहासिक सम्पदामध्ये सबैभन्दा बढी पुनःनिर्माणको काम ललितपुरमा भएको छ ।









प्रतिक्रिया दिनुहोस्