Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


उद्योगी–व्यवसायीहरुद्वारा चुनावी खर्चलाई स्वच्छ र पारदर्शी बनाउन आह्वान


0
Shares

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई)का अध्यक्ष पद्य ज्योतिको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले निर्वाचन आयोगका आयुक्तहरुसँग आसन्न वैशाख ३१ गते घोषणा भएको स्थानीय तहको निर्वाचनकोबेला चुनावी खर्चलाई स्वच्छ एवं पारिदशी बनाउन आग्रह गरेको हो ।

अध्यक्ष ज्योतिले व्यवसायीहरुले व्यक्तिगत उम्मेदवार वा राजनीतिक दलहरुलाई पटक–पटक चन्दा दिनुको सट्टा सामूहिकरुपमा कुनै कोषमा एकैपटकमा सहयोग जम्मा गर्ने वातावरण भएमा निर्वाचनको चन्दा व्यवस्थापनका लागि अझ सहज हुने सुझाव दिएका थिए ।

भेटमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन एवं आर्थिक चलखेल हुन नदिन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको एनबीआईले जनाएको छ ।