बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु • Image Khabar Image Khabar


बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु


Imagekhabar
१६ फाल्गुन २०७३, सोमबार २१:०२

बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

                                                                                   फाइल फोटो

तारकेश्वर नगरपालिका–१० बालाजुमा बा३ख ६५१ नम्बरको बसले बा७२प ६६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गंगामाया फुयाँलको उपचारकाक्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, मोटरसाइकल चालक राजकुमार फुयाँलको भने उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, थानकोट, सरस्वतीस्थानमा नम्बर नखुुलेको गाडीले ठक्कर दिँदा घाइते भएका कान्छा रानामगरलाई उपचारका लागि वीर अस्पताल लैजानेक्रममा मृत्यु भएको छ ।

ठक्कर दिने सवारी–साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्